प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शुरु
- Pokhara Express
- २०८२ मंसिर २९ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा।
पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा शुरु भएको छ ।
आइतबारसम्म संचालन हुने उत्सवमा ५०,१००, २००,४००,८००, मिटर दौड, छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्प लगायतका खेल सम्पन्न भएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।फुटबल ,ह्याण्डबल छात्र÷ छात्रा ,वास्केटवल छात्र÷ छात्रा , व्याडमिण्टन छात्र÷ छात्रा सिङ्गल एण्ड डवल तर्फ पहिलो चरणका खेल सम्पन्न भएका छन् ।
कक्षा ४ र ५ को रिले छात्रा तर्फ आस्था गुरूङ,संस्कृति आचार्य,दिती बानिया, स्वस्तीका सुनार प्रथम,प्रार्थना राना,सम्भवी काफ्ले,अमना आले,युनिका परियार द्वीतिय, देविना गुरुङ,सृष्टिका ढकाल,सुविना केसी,आरोही पुन तृतीय भएका छन् ।त्यस्तै कक्षा ६ र ७ कोहाईजम्प छात्रमा सुवास राना प्रथम,प्रनिम गुरुङ, द्वीतिय, र प्रभात गुरुङ, तृतीय भए ।कक्षा ८,९ र १० तर्फ आर्यन सुनार प्रथम,सुजल गुरु द्वीतिय,कुशल परियार तृतीय, कक्षा ४ र ५ को २ सय मिटर दौडछात्र तर्फ विवश सुनार प्रथम,प्याट्रिक बास्तोला द्वीतिय,विश्वास भट्टराइ तृतीय भए । कक्षा ८, ९, १० को छात्र ८ सय मिटरमा समिर वरुवाल प्रथम,उमगं घर्ती द्वीतिय,निर्जन चोचागे तृतीय भए ।कक्षा ११ र १२ को हाईजम्प छात्रमा सोहन नेपाली प्रथम,प्रज्वल केसी द्वीतिय, आशिष घले तृतीय,कक्षा ८, ९, १० को२ सय मिटर दौड सलिना पुर्जा प्रथम,सजना पौडेल द्वीतिय,समिक्षा नेपाली तृतीय, कक्षा ११ र १२ १ सय मिटर तर्फ सोहन नेपाली प्रथम,स्मिथ भट्टराई द्वीतिय, प्रज्वल केसी तृतीय भए । कक्षा ४ र ५ को २ सय मिटर छात्राा आरोही पुन प्रथम,दिती बानिया द्वीतिय,प्रिया राना तृतीय भए ।
कक्षा ४ र ५ को रिले छात्रमा दिपेश कडेल,दिप्सन थापा,रिदम घले,विवस सुनार प्रथम,सोहित परियार,अनुराग न्यौपाने, कृष खत्री,पेट्रिक बास्तोला द्वीतीय,प्रतिक पौडेल,प्रनिश कार्की,सार्थक क्षेत्री,मन्नत थापा तृतीय भएका छन् । सो अवसरमा कक्षा ४ देखि ६ का विद्यार्थीले पिटी डिल पनि प्रदर्शन गरेका थिए ।उत्सवको उद्घाटनका अवसरमा आउोजना गरिएको मार्च पासमा धौलागिरी सदन प्रथम, अन्नपुर्ण सदन द्वीतीय र माछापुच्छ्रे तृतीय भएका छन् ।
यसअघि उत्सवको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले विद्यार्थीको चौतर्फि विकासका लागि खेलकुद आवश्यक रहेको बताए । उनले विद्यालय स्तरमा हुने खेल कार्यक्रमले विद्याथीृको शारिरीक तथा मानसिक स्वास्थ्यलाई स्व्स्थ बनाउने बताए । कार्यक्रममा प्यावब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले पोखराको शैक्षिक क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार वीरबहादुर बुढाथोकी, डोलराज पाण्डे, उपाध्यक्ष प्रेमप्रसाद अधिकारी,पुर्व अध्यक्ष माधवशरण उपाध्याय, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, प्रदेश खेलकुद समितिका सदस्य खिम पुन, विदेशी शिक्षासेवी क्यालिन लगायतको सहभागिता रहेको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आधारभुत तह प्रमुख राम पौडेल र संचालन शिक्षक सन्ध्या बसेलले गरेकी थिईन् । उत्सवमा विद्यालयका कक्षा १ देखि १२ सम्मका छात्र÷ छात्रा सहभागि भएका छन् ।उत्कृष्ट खेलाडी र टिमलाई आईतबार हुने समापन कार्यक्रममा शिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने बताईको छ ।समापन कार्यक्रम जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मीलन गुरुङको प्रमुख आतिथ्यतामा हुने फाईनान्सीयल मेनेजर समेत रहेका पौडेलले जानकारी दिए ।
विद्यालयका कार्यकारी निर्देशक दिनेशकुमार श्रेष्ठको परिकल्पना रहेको सो उत्सवका लागि कार्यक्रम नियन्त्रणमा महेन्द्र थापा संयोजनमा सुमन कार्कीसहसंयोजनमा राम पौडेल,कमल नेपाली खेल संयोजनतर्फ पूर्णमान गुरुङ ९बास्केटबल० दिनेश श्रेष्ठ ९ह्याडबल०,शंकर के।सी। ९फुटबल० दिवस अधिकारी ९फुटबल०,सुरज देवकोटा ९एथलेटिक्स० महेन्द्र थापा ९मार्चपास०,मनबहादुर गुरुङ ९पिटि ड्रिल० र यमकला गुरुङ ९नृत्य० रहेका छन् ।विद्यालयले विद्यार्थीहरूलाई खेलसँग सम्बन्धित क्रियाकलाप अन्तरर्गत फुटबल, वास्केटबल, ह्याण्डबल, ब्याटमिन्टन, एथलेटिक्स जस्ता खेलहरूमा प्रशिक्षण गर्दै आएको जनाएको छ ।
तपाईको प्रतिक्रिया