कोल्मामा छैठौं संस्करणको राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड हुने
- Pokhara Express
- २०८२ मंसिर २५ बुधबार
पोखरा एक्सप्रेस ,पोखरा ।
स्याङजाको कोल्मा बराह चौरमा आगामी पुषको ८ गते छैठौं संस्करणको राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । गाउँ छाडेर विदेशिन थाले संगै गाउँबस्ती उजाड भएको भन्दै गाउँलेहरुलाई एकतृत गर्दै गाउँको बिकासका लागि स्थापना भएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा उक्त प्रतियोगिताको आयोजना हुने भएको हो ।
चारथुम र सात सय कोल्मा बाहकोट चौरका मानिसहरु हङकङ, बेलायत, जापान, जर्मन, अमेरीका, पोखरा, काठमाण्डौं लगाएत विभिन्न देश तथा विदेशमा बाक्लीन थालेपछि स्वर्ग जस्तो जन्म भुमि र माटोको रक्षा गर्न, विदेशीएकाहरु र पलाएन भएका मनहरु र भावनाहरुलाई जोडेर गाउँको विकास गर्न चारथुमका मानिसहरु पुन जागरण अभियानका साथ सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चको स्थापना गरि विगत ६ वर्षदेखि राष्ट्रिय स्तरको क्रस कन्ट्री दौडको आयोजना गर्दै आइरहेको मञ्चका अध्यक्ष दुत प्रसाद गुरुङले बताए ।
खेलकुद र पर्यटनको माध्यमबाट ग्रामीण क्षेत्रको आर्थिक विकास गर्न सके गाउँ बस्ती रित्तिनबाट जोगाउन सकिन्छ भन्ने अभिलाषा बोकी स्थानीय लोक संस्कृती संरक्षणको लागि एकजुट, पर्यटन प्रबद्र्धनको लागि खेलकुद आयोजना गरि राष्ट्र विकासमा टेवा पु¥याउने मानसिकताका साथ राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड सँगै स्थानीय लोक संस्कृतीको प्रदर्शन, होम स्टे साँझ कार्यक्रम गर्ने गरी कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।
छैटौं सस्करणको क्रस कन्ट्री दौड प्रतियोगितामा खुल्ला पुरुष, महिला २५ कि.मि. दौड, खुल्ला महिला १० कि.मि. दौड, २१ वर्ष मुनी पुरुष १० कि.मि. दौड, विद्यार्थी छात्र ५ कि. मि. दौड, विद्यार्थी छात्रा ५ कि.मि. दौड र ३० वर्ष माथिका महिलाहरुका लागि रन फर फन लुङ्गी ड्रेस दौड प्रतियोगिता गरि ६ विधामा दौड प्रतियोतिा गरिने भएको छ ।
दौड प्रतियोगिता कोल्मा बराहचौर देखि सुरु भई कोल्मा बराहचौरमा नै आई समापन हुनेछ । प्रतियोगितामा २५ कि.मि. दौडमा भाग लिने खेलाडिहरुले कोल्मा बराहचौरबाट सुरु गरि काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, शु.न.पा. ११ खल्लुवोट, बिसाउना, विरुवा गा.पा.–४ खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा आई समापन हुने छ । त्यस्तै १० कि.मि. दौड प्रतियोगितामा भाग लिने खेलाडिहरुले कोल्मा बराहचौरबाट सुरु गरि काहुले, ज्यामिरे, भैसेगौडा, राङभाङ हुदै पुन सोहि रुट फिर्ता आई कोल्मा बराहचौरमा समापन गर्ने छ ।
त्यस्तै ५ कि.मि. दौड प्रतियोगितामा भाग लिने खेलाडिहरुलेकोल्मा बराहचौरबाट सुरु गरि पोखरीछाप, बासपानी, रामचौतारा हुदै पुन सोहि रुट फिर्ता आई कोल्मा बराहचौरमा समापन हुनेछ । प्रतियोगितामा खुल्ला पुरुष÷महिला २५ कि.मि. दौड तर्फ प्रथमलाई नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियलाई नगद ४० हजार, ट्रफि, मेडल र प्रमाणपत्र र तृतियलाई नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र
प्रदान गरिने छ । त्यस्तै खुल्ला महिला १० कि.मि. दौड तर्फ प्रथम हुनेलाई नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद १५ हजार , ट्रफि, मेडल र प्रमाणपत्र र तृतिय हुनेलाई नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । २१ वर्ष मुनी पुरुष १० कि.मि. तर्फ प्रथम हुनेले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र द्धितिय हुनेलाई नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र र तृतिय हुनेलाई नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । विद्यार्थी छात्र÷छात्रा ५ कि. मि. दौड तर्फ प्रथम हुनेले नगद ८ हजार, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले नगद ५ हजार ट्रफि, मेडल र प्रमाणपत्र र तृतिय हुनेले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
त्यस्तै ३० वर्ष माथिका महिलाहरुका लागि रन फर फन लुङ्गी दौड प्रतियोगिता तर्फ प्रथमलाई नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र द्धितियले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र र तृतियले नगद २ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा १० औं स्थानसम्म आउने सबै विधाका प्रतियोगिहरुलाई समेत नगद सहित प्रमाण–पत्र र मेडलले पुरस्कृत गरिने र २५ कि.मि. दौड प्रतियोगितामा सातसय कोल्मा बहाकोट क्षेत्र भित्रका स्थानीय खेलाडि उत्कृष्ट आउने १ जना खेलाडिलाई प्रोत्साहन स्वरुप नगद ५ हजार, प्रमाण–पत्र र मेडलले सम्मान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न कोल्मा बहाकोट समाज यु.के, कोल्मा बहाकोट समाज यु.के आमा समूह, गण्डकी प्रदेश सरकार प्रदेश खेलकुद परिषद गण्डकी, पुतलिबजार नगरपालिका, शुक्लागण्डकी नगपालिका, सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च विदेश विभाग, स्याङजा सहयोग समाज, स्थानिय वडा सरकार लगायत विभिन्न सरकारी तथा गैरसरकारी विभिन्न संघ संस्थाहरु, युवा क्लब, आमा समूह, खेल संघहरु, स्वयंसेवक, सुरक्षा निकाय लगाएत देश तथा विदेशमा रहेकाहरुको विशेष सहयोग रहेको मञ्चका महासचिव जीवन पोख्रेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया