पोखरा एक्सप्रेस ,काठमाडौँ ।
मादक पदार्थ सेवन(मापसे) गरी सवारी चलाउँदा ११ जनाको मृत्यु भएको छ ।
गत कात्तिक महिनामा मापसे गरी सवारी चलाउँदा २५० दुर्घटनामा ११ जनाको मृत्यु र ३७५ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १ सय ३ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १६३ जना घाइते भएका प्रहरीले जानकारी दिएकाे छ ।
उपत्यकामा ५७ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् । कोशीमा ४१ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् ।
त्यस्तै मधेस प्रदेशमा २० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । बागमती प्रदेशमा मापसे गरी सवारी चलाएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
त्यस्तै १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गण्डकी प्रदेशमा ४ सवारी दुर्घटना भएका छन् भने ६ जना घाइते भएका छन् । कर्णालीमा ६ वटा सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशमा ७ वटा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया