मेजर लक्ष्मी प्रसाद गुरुङ दम्पतीद्वारा युवा पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना
- Pokhara Express
- २०८२ कातिर्क ३० शनिवार
पोखरा एक्सप्रेस ,पोखरा
समाजसेवी मेजर लक्ष्मी प्रसाद गुरुङ र उहाँकी धर्मपत्नी हुम कुमारी गुरुङले नेपाल आदिवासी जनजाती महासंघ (फोनिज शाखा)को संयोजनमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
पत्रकारिता क्षेत्रमा क्रियाशिल आदिवासी जनजाती युवा पत्रकारको प्रोत्साहन स्वरुप बैबाहिक बर्षगाँठको अवसरमा मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर युवा पत्रकारिता पुरस्कार वितरण गरिनेछ ।
शुक्रबार बसेको बैठकले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका सल्लाहकार हुम बहादुर गुरुङको संयोजकत्वमा छनौट समिति समेत गठन गरेको छ ।
सदस्यहरु फोनिज गण्डकीका इञ्चार्ज रुद्र श्रीष मगर, फोनिज गण्डकीका अध्यक्ष खिमा कुमारी गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिना कुमारी मगर र सचिव देबिका तामाङ रहनुभएको छ ।
फोनिज कास्कीका अध्यक्ष बिना कुमारी मगरलेआउँदो मंसिर ३ गते बुधबार छनौट समितिको सिफारिसका आधारमा पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिने जानकारी दिनुभयो ।
आदिबासि जनजातिको हक अधिकार सुनिश्चित गर्दै करिब ५ बर्ष वा बढी पत्रकारितामा क्रियाशिल युवा पत्रकारलाई हौसला दिने उद्देश्यले स्थापना गरिएको यस पुरस्कारको नगद राशी रु दश हजार रहेको उहाले बताउनुभयो ।
हाल रु एक लाख एघार हजार एक सय पन्ध्रको अक्षयकोष स्थापना गरिएको र बर्षेनि रकम थपिदै जाने फोनिज कास्कीका कोषाध्यक्ष बस बहादुर शेर्पा( बसन्त) ले जानकारी दिनुभयो ।
पत्रकारिताको क्षेत्रमा देखाउनुभएको आत्मियताप्रति समाजसेवी मेजर गुरुङ र उहाँको परिवारलाई फोनिज कास्कीले धन्यवाद ज्ञापन गरेको थियो ।
आजको बैठकमा फोनिज गण्डकीका उपाध्यक्ष धन बहादुर गुरुङ (सुमन), फोनिज कास्कीका निवर्तमान अध्यक्ष दिल प्रसाद गुरुङ, फोनिज कास्कीका सल्लाहकार उदय बहादुर अमात्य लगायतले ठोस कार्यविधि बनाए यस पत्रकारिता पुरस्कारलाई अगाडि लैजान सुझाव दिनुभएको थियो ।
द गोर्खाज बचत तथा ऋण सहकारीका अध्यक्ष मेजर गुरुङ, गल्फ संघ कास्की र गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्ष तथा युके तमु धिको प्रतिनिधी लगायत विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । साथै, १८ वर्ष देखि गोर्खा अभियान र सामाजिक काममा सक्रिय रुपमा लाग्दै आउनुभएको छ । उहाँले ब्रिटिस र बुर्नाईमा ४२ वर्ष काम गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया