पोखरा एक्सप्रेस ,पर्सा।
अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी १६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुंग्याइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म ६३५ उजुरी फर्स्र्योट बाँकी छन्।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले भने, ‘एक लाखको ऋण दिएर तीन लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन। अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन्।’
पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि एक लाख १० हजार ऋण लिनुभएकामा साहुकार जोगिन्दर राउत कुर्मीले तीन लाख ३० हजारको तकसुक बनाएको आरोप लगाएका छन्। उनले भने, ‘सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ।’
पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले दिए।–रासस
तपाईको प्रतिक्रिया