पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबार पोखरा महानगरपालिका वडा नं १ स्थित राष्ट्रिय माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ ।
संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार राष्ट्रिय माविमा कार्यक्रम गरिएको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १ का वडा सदस्य रामजी प्रसाद पौडेलले स्थानीय सरकारले ध्यान दिन नसकेको कार्यक्रममा संघले गरेको योगदान महत्वपूर्ण भएको बताउनुभयो ।
राष्ट्रिय माविका प्रधानाध्यापक इश्वरी प्रसाद सापकोटाले किशोर किशोरी तथा युवाका लागि अत्यन्त उपयोगी कार्यक्रम विद्यालयमा आएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया