पोखरा एक्सप्रेस ,काठमाडौं।
नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजा (सोमबार) साँझ देशभर कुल विद्युत् माग १६५० मेगावाट बराबर रहेको जनाएको छ। यस्तै, लक्ष्मीपूजाको दिन १०१५ मेगावाट बिजुली निर्यात भएको छ।
प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कुल विद्युत् माग १६०२ मेगावाट थियो। गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कुल बिजुली माग ४८ मेगावाट बढी भएको हो।
प्राधिकरणले भारत र बंगलादेशमा बिजुली निर्यात गर्दै आएको छ।
तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलले सजाउने यो पर्वको विशेषता र मौलिकता हो। सोही कारण लक्ष्मीपूजा बेला अन्य दिनभन्दा बढी बिजुली खपत हुने गर्छ।
तपाईको प्रतिक्रिया