पोखरा एक्सप्रेस ,पोखरा
म्याग्दी र मुस्ताङ जोड्ने पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि फेला परे।
धवलागिरि हिमालको आधार शिविरबाट मुस्ताङको धम्पुस पिक जाने क्रममा उनीहरू हराएका थिए।
बाटो बिराएर जंगलको बाटो हुँदै उनीहरु स्याङमा पुगेका थिए, खोजीका लागि हेलिकप्टर पनि प्रयोग गरिएको थियो।
म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् ।
धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए ।
सेभेन समिट ट्रेकिङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएको बताएका छन् । मार्फा निस्कनुपर्नेमा जङ्गलैजङ्गलको बाटो भएर स्याङमा पुगेका हुन् । उनीहरूको खोजीमा कम्पनीले हेलिकप्टर पनि परिचालन गरेको थियो ।
तपाईको प्रतिक्रिया