नौविसे ओख्लेडाँडा टोल विकास सस्थामा ठाकुर अध्यक्ष
- Pokhara Express
- २०८२ असोज २६ आइतबार

पोखरा एक्सप्रेस ,लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको नौविसे ओख्लेडाँडा टोल विकास सस्थाको पन्ध्रौं बार्षिक साधारण सभा तथा आठौं अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि पुनः ठाकुरप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद सुबेदी,सचिवमा दुर्गादेवी अधिकारी ,कोषाध्यक्षमा ध्रुवराज पौडेल चयन भएका छन् ।
यसै गरी सदस्यहरुमा रामबहादुर जि.सी.,कृष्ण बहादुर थापा,मसिना कुमाल ,मिना सुबेदी र मन्त्रीराज उलक रहेका छन् । लेखा उपसमिति संयोजकमा बिष्णुप्रसाद लामिछाने,सदस्य शिवराज अधिकारी र सोम बहादुर थापा चयन भए ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै निर्वाचन संयोजक अजुन ओझाले टोल विकास सस्थाले आफनो टोलको विकासका लागि नेतृत्वदायी भूमिका निभाउनु पर्ने वताए । संस्थाका अध्यक्ष ठाकुरप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष, सचिव,कोषाध्यक्ष र लेखाका प्रतिवेदनहरु पारित भएका थिए । पोखरा महानगरपालिका वडा नं २९का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले साधारण सभाको उद्घाटन गर्दै स्थानीयको सहभागीता विना विकास निर्माणका कुनै पनि काम सम्भव नहुने धारणा राखेका थिए । वडाका ३० वटै टोल विकास संस्थालाई यस टोलले नमूना बनेर सिकाएको वताए ।उनले विषादी रहित उत्पादनमा जोड दिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला,वडा सदस्य कालीदास पोखरेल लगायतले बोलेका थिए भने नयाँ कार्यसमितिका अध्यक्ष घिमिरेले भावी योजना प्रस्तुत गरेका थिए । संस्थामा २ सय ३८ घरधुरी सदस्य आवद्घ रहेका छन् । कार्यक्रममा ८० वर्ष उमेर नाघेका ४ ज्येष्ठ सदस्य, टोलबाट कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने २ जना,उत्कृष्ट कृषक सुरज तिवारी र लेखनाथ उद्योग वाणिज्य संघमा सदस्य जितेका उक्त टोलका बासिन्दा सुजनबाबु न्यौपानेलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया