पोखरा एक्सप्रेस,पोखरा ।
राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.रामबजार पोखराको २३ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै पूर्व मन्त्री तथा संस्थाका संरक्षक उत्तम बहादुर पुनले संस्थाले जति प्रगति गर्नुपर्ने हो त्यति गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो । यो बहुउद्देश्यीय संस्था भएकोले एकैखाले काममा मात्र नअल्झिई नयाँ कामको पनि थालनी यसै संस्थाले गर्नुपर्ने संचालक समिति लगायत कर्मचारीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा शेयरधनीद्वय जनक बोहरा र कृष्ण प्रसाद दाहालले संस्थालाई नाफामूलक बनाई सृजनात्मक कार्यमा सहकारी अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
२३ औं साधारणसभाले लेखा प्रतिवेदन, संचालकहरुको प्रतिवेदन सर्वसम्मत रुपमा पारित समेत गरेको थियो । लेखासमिति संयोजक प्रताप पुनले आफ्नो प्रतिवेदन पढेर सुनाउनु भएको थियो भने संचालकको तर्फबाट संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माले पढेर सुनाउनु भएको थियो । दुवै प्रतिवेदन सर्वसम्मत रुपमा शेयर सदस्यहरुले पारित गरेका थिए ।
संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सिता दाहाल तथा कार्यक्रमको संचालन सचिव सूर्य प्रसाद बाँस्तोलाले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया