पोखरा एक्सप्रेस ,पोखरा
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैं÷विजयादशमी २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘बडादशैंले हामी सबैमा राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साह, उमङ्गसहित सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी दिगो शान्ति, नागरिकको सुरक्षा, अमनचयन, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्नेछ भन्ने विश्वास लिएको छु ।’
बडादशैंले नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।
मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न बडादशैंको विशेष महत्व रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया