पोखरा एक्सप्रेस ,काठमाडौं ।
सरकारले जेनजी आन्दोलन सेलाउन नपाउँदै प्रहरी कर्मचारीको व्यापक सरुवा गरेको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन् । बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरू र ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको हो । सरुवासँगै धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन् । मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन् ।
यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रानीपोखरीम कार्यरत नवीन कार्कीलाई जिल्ला प्रहरी कार्यालय कास्की सरुवा गरिएको छ । कास्कीका एसपी श्यामबाबु ओलीया केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखा लाजिम्पाट सरुवा भएका छन् ।
नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाल डोटी, युवराज खड्का पूर्वी नवलपरासी, सन्तोष आचार्य कपिलवस्तु, पर्सामा सुदीपराज पाठक, भक्तपुरमा सूर्यबहादुर खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई सरुवा गरिएको छ ।
अन्य विभिन्न कार्यालय अन्तरगतका एसपीहरूलाई पनि सरुवा गरिएको छ ।
यसैगरी प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन् ।
तपाईको प्रतिक्रिया