नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ
- Pokhara Express
- २०८२ भाद्र २१ शनिवार
पोखरा एक्सप्रेस ,पोखरा ।
नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ। समूहको शनिबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी तीन वर्षका लागि उहाँको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सीमा लामिछाने, सचिवमा पुष्पा गिरी, सहसचिवमा पार्वती अधिकारी कोषाध्यक्षमा मैयादेवी श्रेष्ठ तथा सहकोषाध्यक्षमा बबिता राजभण्डारी चयन हुनुभयो । समितिको सदस्यहरूमा मथुरा गिरी, कमला काप्री, अम्बिका लामिछाने, सुमिना तुलाचन, आशा जिसी, तारा क्षेत्री र सृजना काफ्ले चयन हुनुभयो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नागढुङ्गा आमा समूहको संस्थागत विकासमा आफ्नो बलबुताले भ्याएसम्म कोशिस गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । समाजका गतिविधीमा समुहलाई समेटेर अघि बढ्ने उहाँको भनाई थियो । समूहका सल्लाहकार दुर्गाराज गिरी संयोजक तथा पवित्र गिरी र विनोद लामिछाने सदस्य रहेको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो ।
यसअघि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सनीले एक समारोहका विच अधिवेशनको उद्घघाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले टोल विकासका लागि जनप्रतिनिधि तथा स्थानिय विच सकारात्मक सहकार्यको खाँचो रहने औल्याउनु भयो । ‘आपसी सहयोगले नै टोल, समाज, वडा, बन्ने हो’– उहाँले भन्नुभयो । सोही समारोहमा उहाँले आमा समुह र नागढुंगा टोल विकास संस्थालाई संयुक्त रुपमा साउण्ड सिस्टम हस्तान्तरण गर्नुभयो ।
उद्घघाटन समारोहमा पोखरा महानगरपालिका कार्यपालिका सदस्य गोविन्द तुलाचन, वडा सदस्यहरू लक्ष्मी पहारी, गीता चर्मकार, समुहका निवर्तमान अध्यक्ष लक्ष्मी गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद सुवेदी,कृषी सञ्जाल वडा नम्बर ९ का अध्यक्ष बिमला रानाभाट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समारोहमा नागढुंगा आमा समूहको भौतिक एवं आर्थिक विकासमा सहयोग गर्ने सहयोगीहरू सुकमाया राजभण्डारी, शान्ति श्रेष्ठ, शिवप्रसाद सुवेदी, लक्ष्मी गिरी, पर्वती क्षत्री, पूर्णबहादुर परियार लगायतलाई सम्मान गरिएको थियो । अम्बिका लामिछानेलाई समुहले सक्रिय सदस्यका रुपमा सम्मान ग¥यो ।
समूहका निवर्तमान अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा उपाध्यक्ष कमला श्रेष्ठले स्वागत तथा सचिव सिमा लामिछानेले सञ्चालनसँगै कार्यप्रतिवेदन एवं कोषाध्यक्ष पुष्पा गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनसँगै निवर्तमान बन्नुभएका कमला केसीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद ज्ञापन गर्दै कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान समेत गर्नुभयो ।
तपाईको प्रतिक्रिया