पोखरा एक्सप्रेस ,पोखरा ।
पोखराको बुद्धचोकमा बीवाईडीको नयाँ सोरुम सञ्चालनमा आएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले विद्युतीय एसयूभी ‘सिलायन–७’ पोखरामा पहिलोपटक लञ्च गरेको हो । मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
पोखरेली उपभोक्ताले अब पोखराबाटै सिलायन–७ सहित बीवाईडीका सम्पूर्ण मोडेल खरिद गर्न सक्ने कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सिलायन–७ अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित बजारमा आएको छ ।
आधुनिक र फ्यूचरिस्टिक डिजाइनमा बनेको यस मोडेलमा क्लोज्ड अफ ग्रिल, एग्रेसिभ कट र क्रिज लाइनसहितको फ्रन्ट बम्पर, १९ इञ्चको ड्युअल टोन अलोय ह्विल, फ्लस टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्लेडिङ जस्ता विशेषता छन् ।
Advertisement
यसमा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर विस्तार गर्न सकिन्छ । इन्टेरियरतर्फ १५.६ इञ्चको रोटेबल टचस्क्रिन, १०.२५ इञ्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, प्यानोरोमिक सनरुफ, हेड–अप डिस्प्ले, हिटिङ र भेन्टिलेसनसहितको सिट, ५० वाट वायरलेस चार्जर, पावर्ड टेलगेट र कनेक्टेड कार टेक जस्ता फिचरहरू रहेका छन् ।बजार व्यवस्थापक आशुतोष गौतमका अनुसार यसमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट तथा रियर पार्किङ सेन्सरलगायतका सुरक्षा फिचर छन् ।
सिलायन–७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको भए पनि कम्पनीले अर्ली बर्ड अफरअन्तर्गत हाल ७२ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया