नेरेसो उपशाखा १० को विपत् राहत मादी गाउँपालिका वडा नं. १ र ६ मा वितरण
- Pokhara Express
- २०८२ श्रावाण २२ बुधबार

पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा १० ले मादी गाउँपालिका ६÷७ उपशाखासँग समन्वय गरी राहत वितरण कार्यक्रम मादी गाउँपालिका वडा नं १ र वडा नं ६ मा सम्पन्न गरेको छ ।
मादी गाउँपालिका वडा नं १ र ६ को फरक ठाउँमा गरिएको राहत वितरण कार्यक्रम वडा अध्यक्षहरु देबीजंग गुरुङ्ग र दिल बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त अवसरमा २०८२ असार ५ गते आएको अविरल बर्षाका कारण केहि घरमा पर्न गएको क्षतिको न्यूनिकरण गरी राहत वितरण गरी हाम्रो वडाहरूमा सहयोग गर्न आउनु भएकोमा नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखालाई हृदयदेखि नै धन्यबाद ब्यक्त गर्दै रेडक्रस जस्तो पवित्र मानबिय सेवामा लागिपर्ने र जहाँ विपत् त्यहा रेडक्रस भन्ने भावना अनुरूप हरेक वडामा रेडक्रस संस्था गठन गरी अगाडि बढ्नुपर्ने बिचार ब्यक्त गर्नु भयो ।
उक्त राहत वितरण कार्यक्रममा मादी गाउँपालिका वडा नं १ का हुम प्रसाद गुरुङ्ग, गर्बि गुरुङ्ग, दिल बहादुर परियार, मिन बहादुर परियार, खाबी परियार, ज्योति बिक र वडा नं ६ का बिर बहादुर राना, सुर्य बहादुर गुरुङ्ग, होम बहादुर परियार, सन्त बहादुर राना, सूर्य बहादुर आले र मनमाया देबकोटा समेत १२ घर परिवारलाई त्रिपाल र मेटे«स १÷१ पिस बितरण कार्यक्रम गरिएको थियो ।
उक्त अवसरमा मादी गाउँपालिका बडा नं १ का वडा सदस्य प्रेम बहादुर गुरुङ्ग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य पार्बति कार्की, नेपाल रेडक्रस सोसाइटी तथ्याङ्क उपशाखा ६÷७ का सभापति नारायण प्रसाद बराल, खिलाफ आमा समुहका अध्यक्ष डिलमाया गुरुङ्ग वडा नं ६ का वडा सचिव सूर्य बहादुर पाण्डे लगायतका ब्यक्तिहरूले आ–आफ्नो बिचार ब्यक्त गर्नुहुदै अझ विकराल परिस्थिति आउन सक्ने भएकोले हामीहरू पहिलेनै सचेत र सुरक्षित रहन आग्रह गर्नुभयो ।
उक्त राहत वितरण कार्यक्रममा उपशाखा १० का सदस्य किरण प्रसाद भट्टचन, लैङ्गिक सामाजिक समावेशिकरण उप समितिका सदस्य शोभा पहारी, सदस्य पुतली देबी गुरूङ्ग र सदस्य हिरा देबी श्रेष्ठले कार्यक्रममा भोलिन्टिएर गरी सहयोग गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा १० का कार्यबाहक सभापति पवित्रा देबी गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा १० का निबर्तमान सभापति सम्मर बहादुर श्रेष्ठले स्वागत गर्नु गर्नुभएको थियो भने उपशाखा १० का बिपत ब्यबस्थापन उप–समितिका संयोजक शुक बहादुर गुरुङ्गले कार्यक्रम संचालन गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया