पोखरा एक्सप्रेस ,काठमाडौं।
सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणसम्बन्धी ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन्।
आयोजनाले आज प्रकाशित गरेको सूचनाअनुसार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन, आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक रूपमा योग्य ठहरिएका हुन्।
आयोजनाको ठेक्का नम्बर एसएमडीएमपी÷आरबी÷सिभिल–एचएम÷आईसीबी–०२÷२०८२–८३ अन्तर्गतको उक्त निर्माण कार्यका लागि योग्य ठहरिएका तीनै बोलपत्रदातालाई आर्थिक प्रस्ताव खोल्ने कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ।आयोजनाका अनुसार आर्थिक प्रस्ताव आगामी १६ गते दिउँसो १ बजे सिन्धुलीस्थित सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा खोलिनेछ।
तपाईको प्रतिक्रिया