पोखरा एक्सप्रेस ,पोखरा ।
भदौ १० गते भोटेकोशी बाढीबाट पीडित एवम प्रभावितका लागि तमु धिं नेपालद्धारा राहत संकलन अभियानमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २० मोहोरिया (यागो) गाँउबाट १ लाख २६ हजार १५ रुपैया राहत सहयोग हस्तान्तरण गरिएको छ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय कार्यालयमा बुधवार आयोजित कार्यक्रममा मोहोरिया(यागो) स्थित तमु साँस्कृतिक संरक्षण समितिले ५१ हजार, प्रयत्नशील युवा क्लवले २० हजार, मोहोरिया टोल विकास संस्थाले २० हजार, आपत विपत तथा राहतकोष समितिबाट २० हजार, सत्यवती आमा समुह १० हजार ५ रुपैयाँ, काफलडाडा आमा समुह ५ हजार १० रुपैया तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ लगायत कार्यसमितिलाई हस्तान्तरण गर्नुभएको हो।
तमु धिं नेपालका केन्द्रिय सदस्य तथा मोहोरिया गाँउका समाजसेवी खर्कमान गुरुङको समन्वयमा उक्त संस्थाका अध्यक्ष एवम प्रतिनिधीहरुबाट बाढी पीडित राहतका लागि तमु धिं नेपालको राहत संकलन अभियान मार्फत सम्बन्धित निकायमा एकमुष्ठ राहतका लागि हस्तान्तरण गरिएको हो। कार्यक्रममा तमु साँस्कृतिक संरक्षण समिति मोहोरियाका अध्यक्ष प्रेमबहादुर गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, खर्कमान गुरुङले राहत संकलन र हस्तान्तरणका विविध विषयमा मन्तव्य राख्नुभएको थियो।
भोटेकोशी बाढी पीडित÷प्रभावितहरुको राहत तथा पुर्नस्थापनामा राहत सहयोगको लागि तमु धिं नेपालले भदौ २७ गतेसम्म राहत संकलन गरी सम्पुर्ण विवरण सार्वजनिक गरी एकमुण्ठ राहत रकम हस्तान्तरण गरिने बताइएको छ।
तपाईको प्रतिक्रिया