पोखरा एक्सप्रेस ,पोखरा।
पोखराको सृजनाचोकमा भएको सवारी दुर्घटनामा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नेता राजीव बास्तोलाको मृत्यु भएको छ।कास्की जिल्ला सहकारी सङ्घको तालिम कार्यक्रममा सहभागी भएर फर्किने क्रममा बास्तोला सवार मोटरसाइकललाई बा. प्र. ०३–००१–क १६५० नम्बरको रेडी मिक्स्चर गाडीले पछाडिबाट ठक्कर दिएको थियो।
सृजनाचोक र सभागृहचोकको बिच खण्डमा गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उनलाई उपचारका लागि नजिकैको मेट्रोसिटी अस्पताल पुर्याइएको भए पनि चिकित्सकहरूले तत्कालै मृत घोषणा गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका कारण उनको निधन भएको प्रहरीले जनाएको छ। मृत्यु भएका बास्तोला नेविसङ्घका पूर्व केन्द्रीय सदस्य हुन्।बास्तोलाको शव पोस्टमार्टमका लागि अहिले पोखराको मणिपाल अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न रेडी मिक्स्चर गाडी र बास्तोला सवार मोटरसाइकल दुवै सवारी साधनलाई वडा प्रहरी कार्यालयले आफ्नो नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।
तपाईको प्रतिक्रिया