पोखरा एक्सप्रेस ,पोखरा ।
प्रस्तावित विश्वकर्मा वैदिक प्रतिष्ठानको आयोजनामा भविष्यमा शिल्पी समुदायका वालवालीकाहरुलाइ सनातन संस्कृती अध्ययनका लागी आवासीय गुरुकुल स्थापना गर्नको लागि सुझाव संकलन गर्ने कार्यक्रम आज बिहीबार पोखरामा सम्पन्न भएको छ ।
विश्वहिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय सदस्य एवम शिल्पि समन्वय विभागका केन्द्रीय अध्यक्ष तथा विश्वकर्मा समाज नेपालका संस्थापक गणेश बराईलीले सनातन धर्म रक्षार्थ बिश्वकर्मा पण्डीतहरुबाट कर्मकाण्डी कार्य गर्दै आएको बताउदै शिल्पी पण्डीत गुरुहरुको ज्ञान र क्षमतालाई अझ चुस्त बनाउन धामी प्रशिक्षण नियमित गर्ने र भविष्यमा शिल्पी समुदायका वालवालीकाहरुलाइ सनातन संस्कृती अध्ययनका लागी आवासीय गुरुकुल स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
विश्वहिन्दु महासंघका केन्द्रिय सदस्य विश्वकर्मा मन्दिर नवलपुरका संस्थापक, स्थानिय लोप उन्मुख गौ संरक्षक तथा धर्म गुरु नरबहादुर सेन्चुरि -गौदास बाबा)ले गुरुकुलमा दलित विद्यार्थीहरू पनि जातीय विभेदरहित तवरले पढ्नको लागि विश्वकर्मा वैदिक प्रतिष्ठान एवम गुरुकुल स्थापना हुनुपर्ने बताउनुभयो ।
युवा ज्योतिष तथा पण्डित गुरु चन्द्रकान्त पौडेलले जातीय विभेद अन्त्य गर्न र धार्मिक अनुष्ठानमा दलित सहभागी हुन, जनजाति परिवारबाट संस्कृत पढ्न पाउनुपर्ने र त्यसको लागि आँफै लड्नुपर्ने बताउनुभयो ।
पौडेलले मुक्तिनाथ संस्कृत गुरुकुलमा दलित विद्यार्थीहरूले पनि पढ्न पाउनुपर्छ भनी समर्थन गर्दा दलितहरूको नै सर्मथन नपाएको गुनासो गर्दै …दलित मुक्तिको बाटो… भन्दा पनि …समानताको अभियान… लाई आफै शशक्त भएर लाग्नुपर्ने बताउनुभयो ।
पौडेल संस्कृत गुरुकुलमा दलितहरूको पहुँच र शिक्षाको अधिकारका पक्षमा उभिदा एक्लै भए पनि जातीय विभेद र संस्कृत शिक्षा पाउनुपर्नेमा अडिग रहेको बताउनुहुन्छ ।
विश्वकर्मा महिला समितिका अध्यक्ष कौशिला वराइलीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन अशोक घिमिरेले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया