वैवाहिक बर्षगाँठको अवसरमा पोखरा वृद्धाश्रममा भोजन
- Pokhara Express
- २०८३ बैशाख ११ शुक्रबार
पोखरा एक्सप्रेस ,पोखरा ।
परम्परागतरुपमा वैवाहिक बर्षगाँठ तारे होटल वा भड्किलो कार्यक्रम गरेर मनाउने चलनमा पछिल्लो समय केही परिवर्तन देखिएको छ । व्यक्तिगत खुशीलाई समाजिक उत्तरदायित्वसंग जोड्दै पोखराका पत्रकार घनश्याम पाण्यडेले वैवाहिक जीवनको २५ औ बर्षगाँठ पोखरा वृद्धाश्रमका जोष्ठनागरिसंग मनाउनुभएको हो ।
समाजका विपन्न, असहाय तथा अपहेलित अवस्थामा रहेका ५० जना जेष्ठ नागरिकका लागि बिहानको खानाको व्यवस्था गर्नुभएको हो । जीवनको उत्तरार्धमा सहारा र अपनत्वको खोजीमा रहेका जेष्ठ नागरिकहरुसंग समय विताउँदै उनीहरुको सेवा गर्नुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताउनुभयो ।
पत्रकार पाण्डेको यो पहलले व्यक्तिगत खुशीलाई समाजसंग बाँड्ने संस्कारको विकासको संकेत भएको बताउँदै उहाले भन्नुभयो, पछिल्लो समय बढ्दो खर्चिलो प्रवृत्तिवाट टाढा रहँदै यस्ता सामाजिक कार्यतर्पm आकर्षण बढ्नु सकारात्मक परिवर्तनको सुचक हो ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले यस्ता उदाहरणीय कार्यले समाजमा सहयोग, सहानुभूति र मानवियताको भावना प्रवद्र्धन गर्न समहत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
वृद्धाश्रम आश्रित जेष्ठनागरिकलाई कृयाशिल बनाउन तरकारी खेतीतर्पm आकर्षण बढाउनु पर्ने बताउँदै उहाँले त्यस्का लागि कृषि महाशाखाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जानकी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले सवैको सानो सहयोगले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ले विश्वास व्यक्त गर्दै पछिल्लो समय दुःख सुखका अवसरमा सामाजिक सेवामा समर्पित हुने क्रम बढेको बताउनुभयो ।
पत्रकार पाण्डेले पारिवारीक सल्लाह अनुसारनै पोखरा वृद्धाश्रममा आप्mनो वैवाहिक जीवनको वर्षगाँठ मनाउन पाउँदै अन्यत्तै खुशी लागेको बताउँदै आवश्यक पर्दा आश्रमलाई भोलीका दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्ता उदाहरणीय कार्यहरूले समाजमा सहयोग, सहानुभूति र मानवियताको भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया