‘कास्की २ मा रश्मि (सूर्य)को विजयसँगै झन तेजिलो बनाउछौ’- एमाले कास्की इन्चार्ज कृष्ण थापा
- Pokhara Express
- २०८२ फागुन १३ बुधबार
पाेखरा एक्सप्रेस ,पोखरा
नेकपा (एमाले )का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले आउँदो प्रतिनिधि सभा निर्वाचनले कास्की क्षेत्र नं. २ का एमाले उम्मेदवार रश्मि (सूर्य) आचार्यको विजयले झन तेजिलो बनाउने बताएका छ्न् ।
एमालेको गढ उचो र झन बलियो बनाउनेमा स्वयं जनता र कार्यकर्ता लागिसकेको भन्दै थापाले जनसाथका अगाडि संसारको जुनसुकै शक्ति आए पनि एमालेलाई परास्त गर्न नसक्ने दाबी गरे।
थापाले बुधबार पोखरामहानगरपालिका वडा नं. ९ मा उम्मेदवार रश्मि आचार्यको मतदाता भेटघाट कार्यक्रमको अवसरमा साे कुरा बताएका हुन्।
तत्कालीन पोखरा नगरपालिकाको मेयर समेत रहेका थापाले अहिलेको पोखरा महानगरको विकासको जग र आधार ‘श्रम सीप जुटाऔ ,पोखरालाई उठाऔं’ भन्ने अभियान सहित आफ्नो नेतृत्वमा एमालेले शुरूवात गरेको उल्लेख गर्दै क्रमशः विकसित हुँदै गरेको पोखरा अब सभ्य र व्यवस्थित हुने बताए ।
व्यवस्थित पोखरा, सुन्दर पोखराको थप सबलिकरण र विकासका लागि केन्द्रीय तहमा नीति निर्माण सहित विकासको नेतृत्व युवा रश्मिले गर्ने गरि विजयको लागि तयारी गर्न थापाले आव्हान समेत गरे ।
केन्द्रीय सदस्य प्रभा कोइरालाले अग्रगामी विचार र योजना दृष्टिकोण सहितको जुझारु युवा उम्मेदवार कास्की २ का मतदाताको रोजाईमा परिसकेको दाबी गर्दै विजयी हुनेमा कुनै आशंका नरहेको उल्लेख गरिन् ।
सो अवसरमा उम्मेदवार आचार्यले मुलुकमा बढ्दो भ्रष्टाचार र कमजोर कार्यान्वयनका कारण विकास अभियान सुस्त भएको बताए । ऐन–कानुनको जटिल प्रक्रिया र प्रशासनिक ढिलासुस्तीले नागरिकले सहज रूपमा सेवा पाउन नसकेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई छरितो, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका अनुसार नवपुस्ताले उठाउँदै आएका पारदर्शिता, रोजगारी, उत्तरदायित्व र प्रभावकारी शासनका मुद्दालाई संसद्मा सशक्त रूपमा उठाइनेछ । आवश्यक परे पुराना ऐन–कानुन परिमार्जन गरी समयानुकूल नयाँ कानुन निर्माणमार्फत विकास प्रक्रियालाई गति दिइने उनले स्पष्ट पारे ।
आचार्यले ‘सुशासन नै समृद्धिको आधार’ भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार र प्रभावकारी सेवा प्रवाहमार्फत कास्की–२ मा देखिने परिवर्तन ल्याउने दाबी गरेका छन्।
उल्लेख्य नेता कार्यकर्ता र स्थानियको साथमा मतदाता भेटघाट तीव्र पारेका उम्मेदवार आचार,बिद्यार्थि राजनितीबाट उदाएका वैचारिक बौद्धिक प्रभावशाली युवा मानिन्छन् ।
तपाईको प्रतिक्रिया