पोखरा एक्सप्रेस ,पोखरा ।
गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङ चयन भएका छन् । बुधवार पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले यस अघि गण्डकी प्रदेश सचिव रहेका तनहुँका गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहानको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कास्कीका चेतनारायण भण्डारी,सचिवमा तनहुँका बालचन्द्र घिमिरे,कोषाध्यक्षमा नवलपूरका शिव गुरुङलाई चयन गरेको छ ।
यसै गरी सदस्यहरुमा तनहुँका तारा भट्टराई, बागलुङ्गका गण्ोश मल्ल,कास्कीका प्रेम भण्डारी र भोजराज अधिकारी रहेका छन् भने नवलपूरबाट १ सदस्य पछि थप गरिने वताइएको छ ।
नेसनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुर्यबहादुर अधिकारीले उद्घाटन गरेको कार्यक्रममा नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाले कार्यक्रममा स्वागत गरेका थिए ।नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै संयोजक तिलक चौहानले नेतृत्वदायी भूमिका निभाउँदै सङ्गठनलाई चुस्त दुरुस्त बनाउनु पर्ने सुझाव दिएका थिए ।
बधाई ज्ञापन समारोहमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सचिव सन्तबहादुर तामाङ्ग, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी लगायतले बधाई तथा शुभकामना दिंदै सफल कार्यकालको कामना गरे । कार्यक्रम सञ्चालन केन्द्रीय सचिव सन्तबहादुर तामाङ्गले गरेका थिए । नवनिर्वाचित अध्यक्ष सिकन्दर गुरुङले आफ्ना भावी योजना प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया