पोखरा १५ का मतदातासंग एमाले कास्की २ का उम्मेदवार आचार्य
पोखरा एक्सप्रेस ,पोखरा ।
नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले जनताले नेता खोज्ने होइन,नेताले जनता खोज्ने परिपाटी विकास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफू जनताको सेवक बन्न बाल्यकाल देखि नै राजनीतिमा लागेको उल्लेख गरे । उम्मेदवार आचार्यले भने—‘जनताका सानो साना काम पनि प्रभावकारी नीति र कानुनको अभावमा अल्मलिएका छन् । भएका योजनाका काम गुणस्तरीय हुन नसकेको भन्ने जनताको गुनासो सम्बोधन गर्न नीति र कानुन नै आवश्यक छ ।’
बुधबार पोखरा महानगरपालिका वडा नं. १५ मा आयोजित मतदाता भेटघाट गर्दै जितेर नियमित कार्यतालिका बनाएर स्थानिय संग समस्या र समाधानमा हिजो जस्तै निराकार हुने र स्थानीय आबश्यकताका बिकास निर्माणमा अगुवाइ र सहकार्य गर्ने आचार्यले उल्लेख गरे ।
‘प्रतिबद्धता पत्रहजुरहरूकै सल्लाहबाट तयार गरेको छु, अब सृजनात्मक तरिकाले कार्यान्वयन गर्छु ’उनले भने । उम्मेदवार आचार्यले अब ११ वटा वडाको सन्तुलित विकासको अवधारणाबाट अघि बढाउदै बृहत् पोखरा महानगरलाई स्थानीय तहको सहकार्यमा व्यवस्थित पर्यटनको शहर बनाउने उद्घोष गरे ।
मतदाता भेटघाटमा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासी, केन्द्रिय सदस्यद्वय प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रिय सदस्य भिम कार्की, अनेम संघ केन्द्रिय सल्लाहकार सिर्जना शर्मा, एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य सहित प्रदेश, जिल्ला र स्थानिय तहका नेता कार्यकर्ता सहभागी रहेको एमाले पोखरा १५ का अध्यक्ष माधवप्रसाद गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया