पोखरा एक्सप्रेस ,पोखरा ।
पोखराको लामाचौरमा शिव दर्शन यात्रा गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले सातौं संस्करणको सो यात्रा गरेको हो । पोखराका वडा नं. १६ र १९ मा रहेका शिव मन्दिरलाई केन्द्रीत गरी भएको यात्रा पवित्र सेती नदी किनारमा अवस्थित गोस्तेघाटको सर्वेश्वर शिव मन्दिरबाट शुरु भई सुरथेश्वर,जलेश्वर,महेन्द्रेश्वर शिवालय हुँदै, कर्णेश्वर शिवालयमा पुगेर सम्पन्न भएको समाजका सहसचिव राजकुमार पौडेलले जानकारी दिए ।समापन कार्यक्रममा समाजका अध्यक्ष दिनेश भण्डारीले शिवयात्रामा सहभागि बिभिन्न धार्मिक संघ संस्थालाई धन्यबाद दिदैं, धार्मिक जागरण र चेतनाले नै समाज सुसंस्कृत बन्ने बताए ।यात्रामा सहभागि पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस क्षेत्रका धार्मिक सम्पदाको प्रचार प्रसारमा यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउँदै, समाजको प्रशंसा गरे ।
विहान ७ बजेबाट शुरु भएको यात्रा करिव ४ घण्टासम्म चलेको थियो ।शिव पार्वतीको झांकि, भजन किर्तन र पञ्चेबाजासहितको यात्रामा विश्व हिन्दु महासंघ, राष्ट्रिय परोपकार महासंघ, ओम शान्ति, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय,माता कल्याणी केन्द्र, शुक्ला साहित्य प्रतिष्ठान, ईन्द्रराज्यलक्ष्मी माविका विद्यार्थी, शिवालय समिति, आमा समुह लगायतका बिभिन्न संघ संस्था र भजन समुहको सहभागिता रहेको थियो ।विगत सात बर्षदेखि समाजले निरन्तर रुपमा शिव दर्शन यात्रा गर्दै आउको छ ।यसैबिच ओमकारेश्वर महादेव मन्दिर, घार्मीमा भगवान शिवको महिमा प्रस्तुत गरिएको छ । बालाचर्तुदशी र महाशिवरात्री पर्व बिशेष रुपमा मनाईने मन्दिरमा भगवान शिवको पुजा आराधना गर्नेको बिहानै देखि भिड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज पौडेलले जानकारी दिए । भगवान शिवका बिभिन्न रुप र शिवरात्री पर्वको बारेमा सहभागि धार्मिक गुरुहरुले प्रवचन समेत दिएका थिए ।मन्दिर परिसरमा स्थानीय भजन समुहले भजन किर्तन समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया