धादिङको थाक्रे गाउँपालिका– ६ स्थित दशकिलामा दुई यात्रुवाहक बस ठोक्किएका छन् । आज बिहान भएको साे दुर्घटनामा ५ जना घाइते भएका छन् । दुई बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिस समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते ५ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको छ ।
दाङबाट काठमाडौँ आउँदै गरेको रात्रीबसले र काठमाडौँबाट त्रिशूली जाँदै गरेको बस आपसमा ठोक्किएका हुन् ।
तपाईको प्रतिक्रिया