पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले आफ्नो चुनावी प्रचार सुरुवात गरेको छ। सोमबार पोखरा २६ कालिकाचोकमा कार्यालयको उद्घाटन गरेर आफ्नो चुनावी रणनीति र चुनावी योजना अगाडि बढाएको छ। नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवार तिलकबहादुर रानाभाट सँगै विभिन्न उपसमितिहरू बनाएर आफ्नो चुनावी रणनीति सहित विभिन्न ठाउँहरूमा घरदैलो अभियान सुरुवात गरेको छ। चुनावी घोषणा कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले सबै एकजुट भएर कास्की १ मा तिलकबहादुर रानाभाटलाई जिताउन लाग्नुपर्ने र सबै मतदातालाई अनुरोध गर्ने समेत बताएका छन्। पूर्व सभामुख तारानाथ रानाभाटको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर १ का काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूको सयौंको संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सचिवहरू ओम प्रकाश गुरुङ र सरोज केसीले गरेका थिए।
तपाईको प्रतिक्रिया