पोखरा एक्सप्रेस ,काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पद वहाली गर्दै छन्। माघ १ मा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्वमहामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए।
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे सभापति थापालगायत सबै पदाधिकारी र केन्द्रीय सदस्यले पद वहाली गर्ने पार्टी कार्यालयले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी बताए।
तपाईको प्रतिक्रिया