पोखरा एक्सप्रेस, दाङ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दलहरू प्रती तीखो टिप्पणी गरेका छन् । पुराना दलको विकल्पमा आउन खोजेका नयाँ दलप्रति इंगित उनले सामाजिक संजाल फेसवुक मार्फत राजनीतिमा पुरानो र नयाँ भन्नुको कुनै अर्थ नहुने तर्क गरेका छन् । राजनीतिमा नयाँ र पुरानो भन्दा एजेण्डा र गन्तव्यको विशेष अर्थ र महत्व हुने उनको भनाइ छ । ‘राजनीतिमा पुरानो र नयाँ भन्नुको कुनै अर्थ हुँदैन महासचिव पोखरेलले लेखेका छन्, ‘त्यहाँ एजेण्डा र गन्तव्यको विशेष अर्थ र महत्व हुन्छ ।’
नेपाललाई समेत बंगलादेश जस्तै बनाउन हिडेकाहरु असफल हुँदैगएपछि पुराना पार्टीलाई हराउन नयाँहरु मिल्नुपर्छ भन्ने धारणा अघि सार्न खोजेको भन्दै पोखरेलले उनीहरूले नै राजनीतिमा नयाँ र पुरानोको निरर्थक बहस चलाउन खोजेको उल्लेख गरेका छन् ।
नीतिविहिन र एजेण्डा विहिनहरुलाई नयाँको पगडी गुथाउँदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम मात्र भएको उनको छ ।
‘वास्तवमा पार्टीहरुको इतिहास पुरानो हुन सक्छ, तर नीति र नेतृत्व समयअनुसार अद्यावधिक भइरहँदा पार्टी सधैं जीवन्त र सान्दर्भिक रहन्छन् ।’ उनले लेखेका छन् । ‘त्यसैले लामो इतिहास भएका राजनीतिक दलहरु समेत कहिल्यै ‘पुराना’ हुँदैनन् ।’ किनकी उनीहरु समय अनुसार अद्यावधिक भइरहन्छ ।’
उनले जुन राजनीतिक दल समयअनुकूल चल्न सक्दैनन्, तिनै दलहरु मात्र समाप्त हुने बताएका छन् । नेकपा (एमाले) नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी भएको उनको दाबी छ ।
तपाईको प्रतिक्रिया