हेम्जा आवासीय विद्यालयद्धारा अभिभावक अभिमुखिकरण कार्यक्रम
- Pokhara Express
- २०८२ पौष १२ शनिवार
पोखरा एक्सप्रेस ,पोखरा ।
हेम्जा आवासीय विद्यालय पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
माइन्ड टेक पोखराको सहकार्यमा भएको उक्त कार्यक्रममा विद्यालयका कक्षा नसर्री देखि कक्षा १० सम्मका अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण भक्तराज रसाईलीले गरेका थिए ।विद्यार्थीहरुको पठन पाठन, दैनिकी क्रियाकलाप लगायत शैक्षिक, नैतिक, व्यवहारिक तथा मानसिक विकासलाई अझ प्रभावकारी बनाउन तथा अभिभावक र विद्यालय बिचतको सहकार्य सुदृढ बनाउने उद्देश्यले अभिभावक अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल केशब शरण पौडेलले जानकारी दिए ।‘विद्यार्थीको क्षमता अभिवृद्धि गर्न अभिभावक, शिक्षक विद्यालयले गर्नु पर्ने दायित्वबोधका विषयमा केन्द्रित रहेर यो कार्यक्रम आयोजना गरिएको हो’ संस्थापक प्रिन्सिपल पौडेलले भने, ‘पक्कै पनि यो कार्यक्रममा बाट केहि न केहि उपलब्धि हासिल गर्न सकिन्छ भन्नेमा विद्यालय परिवार आशावादी छ ।’
अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरुमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी रहेको विद्यालयले विश्वास लिएको छ ।
विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यावहारको सुरुवात, जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने अभिभावकले बताएका थिए । कार्यक्रम मार्फत आफू सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने बताए । विद्यालयले गरेको यो अभिमुखिकरण कार्यक्रम मार्फत केही ज्ञान लिन पाएकोमा अभिभावक उत्साहित भएका थिए ।
समाजमा बढ्दै गएको अराजक, खराब बानी व्यावहारको अन्त्य गरेर असल व्यक्ति निर्माणमा यस कार्यक्रमले थप हौसला दिने अभिभावकले बताएका छन् । विद्यालयले समय समयमा शैक्षिक गुणस्त वृद्धिका लागि थुप्रै कार्यक्रम गर्दै आएको छ । विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवार बनाउने यस कार्यक्रमले थप टेवा पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा सहजिकरण गर्दै भक्तराज रासाईलीले शिक्षा र संस्कारले विद्यार्थीलाई हरेक क्षेत्रमा पूर्ण बनाउने बताए । ‘असल संगत, सकारात्मक बातवरण तथा विद्यालय र अभिभावक बिच सहकार्य गर्न सकेमा विद्यार्थीलाई असल बनाउन सकिन्छ’ उनले भने, ‘यी बातवरण सिर्जनका गर्ने काम विद्यालय शिक्षक र अभिभावकले गर्नुपर्दछ ।’ कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया