पोखरा एक्सप्रेस ,पोखरा ।
काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गरेका हुन्।
यसअघि वैदेशिक रोजगारीमा जाँदा लिइने परीक्षण शुल्क ६५०० बाट बढाएर ९५०० पुर्याइएको थियो। सरकारले बढेको शुल्क वृद्धि खारेज गर्दैै ६५०० निर्धारण गरेको हो।
तत्कालीन मन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयबाट शुल्क बढाएर ९५०० रुपैयाँ पुर्याएपछि शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिब र विपन्न अवस्थाका कामदारमाथि भार परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो।
विशेषज्ञ समितिको सिफारिसका आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकको विभिन्न ३४ प्रकारका परीक्षण गर्ने गरी ९५०० शुल्क तोकिएको मन्त्रालयले जनाएको थियो।
तत्कालीन मन्त्री भण्डारीले मेडिकल व्यवसायीसँगको मिलोमतोमा शुल्क बढाएको आरोप लागेको थिायो। बढेको मेडिकल शुल्क गत मंसिर १० देखि कार्यान्वयन भएको थियो।
तपाईको प्रतिक्रिया