पोखरा एक्सप्रेस ,पोखरा ।
गत पुष ३ गते राती ८ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.३१ बाँसपानी बस्ने वर्ष ७५ की दाल कुमारी परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने निजकै नाती वर्ष २२ को आशिष परियारलाई कास्की प्रहरीले पक्राउ गरेको छ।कास्की प्रहरीका अनुसार आशिस परियार हजुर आमाको कान समेत काटी कानमा लगाएको गरगहना लुटी फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कास्की र मातहत इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटना सम्बन्धमा शुक्ष्म रुपले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न परियारलाई महानगरपालिका वडा नं १० बुद्धचोकबाट सुनका गरगहना सहित पक्राउ गरेर आबश्यक कानुनी कारबाही अगाडी बढाइएको कास्की प्रहरीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख गरिएको छ।प्रहरीका अनुसार परियारको साथबाट सुनजस्तो देखिने पँहेलो रङको कानमा लगाउने दुई थान रिङ , चार थान सानो मुन्द्राहरु सहित घटनामा प्रयोग भएको एक बन्चरो र एक चक्कु समेत बरामद गरिएको छ।निजलाइ कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया