हाईकर्स क्लब नेपालको हाइकिङ ६५ औं श्रृङखला म्याग्देको हर्षपुरमा
- Pokhara Express
- २०८२ मंसिर ३० सोमबार
पोखरा एक्सप्रेस ,पोखरा ।
विगत ७ वर्ष देखि नियमित हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हुँदै आएको हाइकिङ भाग ६५ तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ को हर्षपुरमा सम्पन्न गरेको छ ।
स्थानिय बालकुमार श्रेष्ठ सहितको स्थानिय आमा समुहले हर्षपुर डाँडागाउको भ्युटावरमा पञ्चेवाजा वजाएर हाइकर्स समुहलाई स्वागत गरेका थिए । समुहलाई स्वागत गर्दै पर्यटन वजारमा वामे सर्दै गरेको हर्षपुरलाई आफ्नो यात्राको गन्तव्य वनाएकोमा हाइकर्स क्लब नेपाललाई धन्यवाद दिर्दै हर्षपुर गाउँको व्यापक प्रचारप्रसार गर्न अनुरोध गरेका थिए । साथै केहि वर्ष देखि गाउँमा होमस्टे संचालन सुरु गरेपछि आन्तरिक पर्यटनको वृद्धि हुनुका साथै पक्कि बाटो गाउँले पाएको अनुभव व्यक्त गरेका थिए ।
सामाजिक सञ्जालमा सूचना प्रकाशित गरि पोखराका विभिन्न स्थानहरुबाट जम्मा भएका नियमित हाइकिङ गर्ने र पहिलो पटक हाइकिङमा सहभागि भएका ३८ जना पृथ्वीराजमार्गको म्याग्दे–७, थर्पु, घुम्तीबजारबाट पैदल यात्रा सुरु गरि सोही वडाको हर्षपुर डाँडागाउँ भ्यु टावर सम्म हाइकिङ गरिएको थियो ।
यस अघि क्लबका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष ज्योति हमाल, सल्लाहकार जुना गुरुङ लगाएत सहभागिहरुलाई स्याङ्दे टोलविकास संस्था, संगम टोलविकास संस्था, धोबिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति, स्याङ्दे वडहरे समीडाँडा आमा समुहले अविर, पुष्पगुच्छाले स्वागत गरेका थिए ।
क्लबका अध्यक्ष कृष्ण रानाभाटले स्थानियले राखेको जिज्ञासा माथि प्रकाश पार्दै हाइकर्स क्लबको स्थापना, क्लबले ग्रामिण पर्यटनमा पुर्याएको योगदानको चर्चा गर्दै हाइकिङ गरि पुगेका स्थानहरुको बारेमा वोलेका थिए ।
धोबिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सन्तमान श्रेष्ठ र स्याङ्दे टोलविकास संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले पदयात्रामा सहजिकण गर्दै आरी रह, खुर्सानी रह, मिलिजुली सामुदायिक बन, ऐतिहासिक कुवाको बारेमा जानकारी दिएका थिए ।
क्लबको आयोजनामा तनहुँ जिल्लाका भिमाद नगरपालिकाको ध्याङ्चलुम र सिद्ध गुफा, शुक्ला गण्डकी नगरपालिकाको थर्पेक, म्याग्दे गाउँपालिकाको किल्चोक, बहपुर, व्यास नगरपालिकाको मानुङकोट, शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँमा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको छ ।
तपाईको प्रतिक्रिया