पोखरा एक्सप्रेस ,काठमाडौं।
सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को भाडा दरमा भारी कटौती गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्ने निर्णय गरेको हो।
यो कार्यविधिले तोकेको प्रतिवर्गमिटर २० रुपैयाँ रहेको भाडा दर घटाई प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको हो।
यसअघि सेजको भाडा दर महैगो भएको भन्दै व्यवसायीले लामो समयदेखि घटाउन माग राख्दै आएका थिए। सिमरा र भैरहवा सेजमा लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरेको छ।
सेज कार्यविधिले सञ्चालक समितिलाई भाडा तोक्ने अधिकार दिएको थियो। सोही अधिकारका कारण सरकारले यस पटक कार्यविधि खारेज गरी नयाँ भाडा तोकेको हो।
तपाईको प्रतिक्रिया