पोखरा एक्सप्रेस ,पोखरा
देशले खोजिरहेको परिवर्तनलाई आफ्नो जिम्मेवारी ठानेका पोखराका GenZ युवाहरू अहिले मतदाता सचेतनामा जुटेका छन्। National Youth Revolution Group (NYRG) कास्कीका युवाहरु आजको राजनीतिक आवश्यकतालाई मनन गर्दै विद्यार्थीहरुलाई मतदान अधिकार प्रयोग गर्न प्रेरित गर्न व्यस्त छन् । विभिन्न विद्यालय पुगेर विद्यार्थीहरूलाई मतदाता नामावली pre-registration को महत्त्व बुझाउन व्यस्त रहेको ग्रुपकि सदस्य कृपा जिसीले बताइन् । उनका अनुसार पोखरा–१६ बाटुलेचौरमा युवाहरूले स्वैच्छिक रूपमा pre-registration booth नै सञ्चालन गरेर सक्रियता देखाए । एक दिनभर स्थानीय बासिन्दालाई फारम भर्न सहयोग गर्दै, आवश्यक कागजात बुझाउँदै र लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन प्रोत्साहित गरे ।
युवाहरूको टोलीको नेतृत्व पोखरा-१६ मा सुशन अधिकारी, तथा अन्य वडाहरूमा आसुतोष र सजिशले गरिरहेका छन्। उनीहरूको भन्छन्
“हामी युवा पुस्ताको आवाज सुन्दै, समस्या बुझ्दै, तत्काल समाधानसमेत गर्दै अघि बढिरहेका छौँ। देश बदल्ने कुरा केवल भाषण होइन दैनिक व्यवहारबाट प्रमाणित गर्नुपर्छ।”
NYRG कास्कीको यो प्रयासले पोखराका युवाबीच नयाँ उर्जा भरिदिएको छ। मतदाता नामावली दर्ता अभियानलाई आधुनिक पुस्ताको सक्रियताले थप ‘डिजिटल र जनमुखी’ बनाउने विस्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया