पोखरा एक्सप्रेस ,सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले मुलुककाे जटिल परिस्थितिमा संविधानको रक्षा र परिवर्तनको नेतृत्व नेकपा (एमाले) ले गर्ने बताएका छन्। आज अखिल नेपाल महिला संघ कर्णाली प्रदेश कमिटी विस्तारित बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेको स्थायी कमिटि सदस्स्य समेत रहेका मुख्यमन्त्री कडेलले असहज परिस्थिति र चुनौतीका बीच पनि जो अगाडि बढ्छ, त्यही साँचो नेता हुने उल्लेख गरे। उनले भने, “आजको अवस्था सामान्य छैन, संविधानको मर्ममाथि आक्रमण भइरहेको छ। यसको बचाउ र देशको स्थायित्वको जिम्मा एमालेले लिनुपर्छ।” उनले पार्टीका कमिटी र जनसङ्गठनमा केही समस्या रहे पनि अब ढिलाइ नगरी सबैलाई सडकमा सक्रिय हुन निर्देशन दिए। पार्टि केन्द्रको निर्देशन पर्खिनु पर्दैन, सिर्जनात्मक रूपमा जनता बीच पुग्नुहोस्। मुख्यमन्त्री कडेलले लोकतान्त्रिक शक्तिहरू एकजुट भई संविधान र लोकतन्त्रको रक्षा गर्न सडकमा निस्कनुपर्ने समय आएको उल्लेख गरे । उनले भने, “गाउँगाउँमा नेकपा एमालेका विचार बोक्ने हामी नै हौ। अहिलेको अवस्थामा माओवादी केन्द्रका संयोजनक प्रचण्ड आफै जेनजी भएको भ्रममा छन्, नेपाली काँग्रेस अनिश्चिततामा छ, हामीले नै देशलाई स्थिरताको बाटोमा अघि बढाउनुपर्छ।”
तपाईको प्रतिक्रिया