पोखरा एक्सप्रेस ,काठमाडौं।
जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मंगलबार सम्झौता गरेको जर्मन दूतावासले जनाएको छ।
आगामी दुई महिनाभित्रमा बाढीप्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विपन्नलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिनेछ।
गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले १ करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो।
तपाईको प्रतिक्रिया