पोखरा एक्सप्रेस ,चितवन ।
मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी आपसमा ठोक्किएर दुर्घटना भयो।
एउटा ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि अन्य गाडीहरू पनि दुर्घटनामा परे।
बस चालकलाई चेपिएको अवस्थामा उद्धार गरिएको छ, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्ड केही गाडीहरू आपसमा ठोक्किएर दुर्घटना भएको छ । सडक खण्डको गाईघाटमा ७ वटा गाडी आपसमा ठोक्किन पुगेका हुन् ।
एक ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिनले जनाएको छ ।
बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया