पोखरामा खुल्यो लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम, लिपमोटर बि१० सार्वजनिक
- Pokhara Express
- २०८२ कातिर्क १ शुक्रबार

पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम खुलेको छ । पोखराको शिवचोकमा स्थापना भएको शोरुमको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र विशेष अतिथि होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले शोरुमको उद्घाटन गर्नुभयो ।
पोखरा क्षेत्रका लागि लिपमोटर र सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता एस।एस।एल मोटर्स कम्पनी प्रा।लि। हो । शिवचोकमा स्थपना भएको मल्टिब्राण्ड शोरुमबाट कम्पनीले थ्रिएस ९सेल्स, सर्भिस र स्पेयर्स० सेवा प्रदान गर्नेछ । शोरुम उद्घाटनकै अवसरमा लिपमोटरको नयाँ मोडल बि१० विद्युतीय गाडीसमेत सार्वजनिक भएको छ ।
शोरुम उद्घाटन एवं बि१० सार्वजनिक कार्यक्रममा पोखरा क्षेत्रका उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
लिपमोटर र सिट्रोन गाडीको अन्तर्राष्ट्रियस्तरको शोरुम उद्घाटनसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास गरिएको छ । उक्त शोरुमले प्रिमियम, ग्राहक–केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । शोरुममा उपस्थित भएर पोखरा क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, विशेषज्ञ परामर्श र दुवै ब्रान्डका नवीनतम मोडेलहरूबारे प्रत्यक्ष बुझ्न सक्नुहुनेछ ।
लिपमोटर बि१० स्मार्ट, सुरक्षित र आकर्षक गाडी हो । ‘लाइफ’ र ‘डिजाइन’ गरी लिपमोटर बि१० नेपालमा दुई भेरियन्टमा उपलब्ध छ । ‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ पर्छ । अहिले कम्पनीले ‘लाइफ’को अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहेपनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ । अफर मूल्यका कारण लिपमोटरका ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।
पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुमको उद्घाटनसँगै नयाँ लिपमोटर गाडी सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको प्रालिका सञ्चालक गोपाल बरालले बताउनुभयो । ‘हामीले अटोमोबाइल क्षेत्रमा लामो समयको अनुभव संगालेका छौं । ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो,’ उहाँले भन्नुभयो । लिपमोटर र सिट्रोन गाडी पोखरा क्षेत्रमा छोटो समयमा लोकप्रिय बनेको बताउँदै उहाँले नयाँ लिपमोटर पनि धेरैको रोजाईमा पर्ने विश्वास व्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया