पोखरा एक्सप्रेस ,काठमाडौ ।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन अहिले विहान ८ बजेबाट सुरु हुदैछ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका छन् । आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ । यही क्रममा सबै केन्द्रीय सदस्यहरुले समय लिने हो बैठक लम्बिने संकेत देखिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रवन्ध गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टोपतिर (ज्ञ बाट) पालो मिलाइएको छ । गौतमका अनुसार हिजोको बैठकमा र बाट नाम सुरु भएका केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।
हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको एकमुष्ट जवाफ दिने तयारी छ ।
तपाईको प्रतिक्रिया