पोखरा एक्सप्रेस ,पोखरा ।
बिकास नेपालको २१ औँ बार्षिक साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ ।
सो सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं १५ का वडाअध्यक्ष तोरण बहादुर बानियाँले स्थानिय सरकारले सबैसाग पहुँच पुर्याउन पनि गैह्रसरकारी संस्थाको आवश्यकता रहेको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा इमान्दारिता र कर्मशिलता भएमा मात्र समाजले फड्को मार्न सक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार रमेश पौडेलले कुनै पनि सरकारको ध्यान नपुगेको स्थानमा गैह्र सामाजिक संस्था पुगेर काम गरिरहेको बताउनुभयो ।
गैसस महासंघ गण्डकी प्रदेशका इञ्चार्ज गोपाल खड्काले गैह्र सरकारी संस्थाहरु सरकारसँग समन्वय गरी अगाडि बढेमा अन्तराष्ट्रिय दाताहरु सहकार्य गर्न इच्छुक हुने बताउनुभयो ।
यस संस्थाले अपाङ्गता र कुष्ठरोग क्षेत्रमा काम गर्दै आएकोेमा अझै प्रभावकारी ढंगबाट अगाडि बढ्नु पर्नेमा निवर्तमान अध्यक्ष बुद्धि बहादुर थापाको जोड थियो ।
सभामा संस्थाका सचिव बुद्धि बल रम्तेलले आ.व. ०८१÷०८२ को बार्षिक प्रगति प्रतिवेदन र आ.व. ०८२÷०८३ को प्रस्तावित बार्षिक योजनो प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै संस्थाका कोषाध्यक्ष शंकर पन्थले आ.व. ०८१÷०८२ को आर्थिक प्रतिवेदन र आ.व. ०८२÷०८३ को प्रस्तावित बार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष गणेश पाख्रीनको अध्यक्षतामा सम्पन्न सो सभामा उपाध्यक्ष विमला कुमारी केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तपाईको प्रतिक्रिया