पोखरा एक्सप्रेस ,काठमाडौ ।
रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको मिति २०८२ असोज २३ गते वसेको कार्यसमितिसदस्यको वैठकवाट मिति २०८२ पौष १३ गते देखि १७ गते सम्म आयोजना गर्न गैरहेको २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष श्री वसन्त गौतम, सह संयोजकमा कार्यसमिति सदस्य श्री सुनिल वहादुर भट्टराई र सुमन भट्टराई ज्यूलाई मनोनित गरियो । यसै गरि महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष श्री विश्व राज पौडेल, निवर्तमान अध्यक्ष श्री नरेश भट्टराई, संयोजक श्री वसन्त गौतम, द्धितिय उपाध्यक्ष श्री विकास भट्टराई, महासचिव श्री विरेन्द्र शेरचन र कोषाध्यक्ष श्री रोशन जंग कार्की ज्यू गरी ६ जनाको कमिटि गठन गरियो । विगत २६ वर्ष देखी पर्यटकिय सुन्दर नगरी पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा अङ्ग्रेजी नयाँ बर्षको स्वागतार्थ आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव आयोजना गरिदै आएको थियो ।
“सडक मै खाउ, सडम मै नाचौं, सडक मै रमाउँ” भन्ने नाराका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा गर्विलो इतिहास बोकेको छ । परिवर्तित समय सँगै महोत्सवलाई अलि पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि ग्रहण गरिनेछ । कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन होस, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएकोछ । समग्रमा सडक महोत्सव स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम वनेको छ । २६ वर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ । यहि महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ
तपाईको प्रतिक्रिया