पोखरा एक्सप्रेस ,पोखरा ।
पोखराका शिक्षासेवी, सामाजिक एवं धार्मिक व्यक्तित्व खगराज शर्मा आचार्यको निधन भएको छ । पोखरा २१, बयली राजगाउँ स्थायी घर भई हाल पोखराको छोरेपाटन, डेभिजफल निवासी आचार्यको ७९ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
उनको आइतबार छोरेपाटनस्थित निवासबाट शवयात्रासहित सेती नदी शान्तिघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
साहित्यकार तथा लेखकको समेत परिचय बनाएका आचार्य विभिन्न संघसंस्थामा आबद्ध थिए । वालन एवं कला संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष उनी पूर्व निजामती कर्मचारी रहेको डेभिजफल सहकारीका प्रबन्धक यज्ञप्रसाद भण्डारीले जानकारी दिए ।
छोरेपाटनको गुप्तेश्वर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष उनी गुप्तेश्वर गुफा व्यवस्थापन समितिका पूर्व अध्यक्ष पनि हुन् । छोरेपाटन माविलाई नमुना विद्यालय बनाउन निकै खटिएका थिए ।
उनका देवराज, विजयराज र सागर आचार्य छोराहरु हुन् भने छोरीहरुमा अनिता, इन्दिरा र गायत्री छन् । छोरा विजयराज नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेस क्षेत्र नम्बर २ कास्कीका पूर्व सभापति हुन् ।
तपाईको प्रतिक्रिया