पोखरा एक्सप्रेस ,पोखरा।
धादिङ पोखरा सम्पर्क समाज कास्की र गन्डकि प्रदेश कै पहिलो निजि आखा अस्पताल दृष्टि आँखा अस्पतालबीच आखा सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार, अब सम्पर्क समाज का सदस्य तथा कर्मचारीले दृष्टि आँखा अस्पतालमा आँखासम्बन्धी उपचार गराउँदा विभिन्न सेवामा आकर्षक छुट पाउने भएका छन । धादिङ पोखरा सम्पर्क समाज कास्की का अध्यक्ष सरस्वती श्रेष्ठ र दृष्टि आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्री ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यस सहकार्यको मुख्य उद्देश्य कास्की जिल्ला तथा पोखरा महानगरपालिका मा रहेका दुवै संस्था मिलेर उद्योगी, व्यवसायी र दैनिक ज्यालादारी गर्ने मजदुरसमेतलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु रहेको छ।
सम्झौताको प्रावधानअनुसार, सस्थाका सदस्य वा कर्मचारीले आफ्नो परिचयपत्र वा सस्थाको सिफारिस पत्र देखाएर सजिलै सेवा लिन सक्नेछन्। यसरी उपचार गराउँदा उनीहरूलाई ओपीडी सेवामा १५ प्रतिशत, चेकजाच र प्रयोगशालामा २५ प्रतिशत, चश्मा र चस्माजन्य सामाग्रीमा ३० प्रतिशत र फार्मेसी सेवामा १० प्रतिशत छुट दिइनेछ। धादिङ पोखरा सम्पर्क समाज कास्की का अध्यक्ष सरस्वती श्रेष्ठ ले समाजका दैनिक ज्यालादारी गर्ने मजदुरदेखि मध्यम र ठुला व्यापारीसम्मलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो सम्झौता महत्त्वपूर्ण रहेको बताइन । उनले नेपाल सरकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष र भुतपूर्व भारतीय सैनिकका लागि ECHS स्वास्थ्य सेवा समेत अस्पतालले सेवा दिइरहेको हुँदा यो सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन । धादिङ पोखरा सम्पर्क समाज कास्की मा आजिवन तथा साधारण गरी कुल १०६५ जना सदस्य रहेका छन ।
यो सम्झौता आजको मितिदेखि १ बर्ष सम्म लागू हुनेछ ।
तपाईको प्रतिक्रिया