पोखरा एक्सप्रेस ,पोखरा ।
मुग्लिन-नारायणघाट सडकखण्डमा पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आएको छ।
सडक सुपरभाइजरका अनुसार बिहान ८:३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो।
प्रहरीले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ किनभने सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ।
काठमाडौँ । तुइन खोला छेउमा सामान्य पहिरो खसेकोले एकतर्फी भएको मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्ने गरेकोले पछिल्लो समय सडक अवरुद्ध हुँदै आएको थियो । लगातार वर्षा भएसँगै ससाना पहिरो खस्ने क्रम जारी रहेकोले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया