पोखरा एक्सप्रेस ,काठमाडौं ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले संवैधानिक राजनीतिक निकासको बाधक नबन्ने बताएका छन्।
जेनजी आन्दोलनले ल्याएको उथलपुथलपछि एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, उहाँले भनेकै व्यक्तिको नेतृत्वमा सरकार बनाउन हाम्रो कुनै विमति थिएन। र छैन, त्यो विकल्पलाई संवैधानिक बाटोबाट लैजाऔँ भन्ने कुरा हो, हामीसँग संविधान र संसद् जीवित थियो।उनले सुशीला कार्कीलाई संसद्ले पनि प्रधानमन्त्रीको जिम्मेवारी दिन सक्ने आधार भएपनि त्यसो नगरिएकोप्रति असहमति जनाए।
उनले भने, सांसदभित्रबाटै विकल्प थियो तर त्यता जान खोजिएन। र संसद् विघटन गरियो। यो सही निकास होइन। संविधानको सबैले पालना गर्नुपर्छ, संविधान खारेज भयो भने अर्को संविधान बनाउन सजिलो छैन। यो सानो प्रत्यत्नबाट बनेको होइन्।
उनले स्थितिको सही मूल्यांकन गर्दै संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने प्रयत्न गर्नुपर्ने बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीको हर कदम संविधानको बाटोबाट हुनुपर्ने बताए।उनले थपे, ‘संविधानलाई मिच्ने काम भयो भने नेपाली जनताले समर्थन गर्दैनन्। तर एमाले संवैधानिक निकासको बाधक छैनौँ। त्यसमा हाम्रो कुनै सहभागिता र भागको कुरा पनि गरेका छैनौँ। हाम्रो चासो संविधान र लोकतान्त्रिक प्रक्रिया मात्रै हो।’
यो बीचमा पछिल्ला घटनाक्रमबाट आत्तिएर,विचलित भएर र असन्तुष्ट भएर राजीनामा दिएका नेता कार्यकर्तालाई पार्टीको जिम्मेवारीमा फर्किन समेत भट्टराईले आह्वान गरेका छन् । उनले पार्टीमा सबैखाले विचार र फरक मतलाई समेत स्थान दिएर नयाँ ढंगले पार्टीको पुनर्गठन हुने बताएका छन्
तपाईको प्रतिक्रिया