पोखरा एक्सप्रेस ,काठमाडौं।
नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वीरगञ्ज महानगर–११ श्रीपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याइएको छ। नयाँ सोरुममार्फत वीरगञ्ज, सिमरा, कलैया, चन्द्रनिगाहपुरलगायत क्षेत्रका ग्राहकले हुन्डाईका प्रिमियम गाडी र अत्याधुनिक सेवा सहज रुपमा लिन सक्ने कम्पनीले जनाएको छ।आधुनिक पूर्वाधारसहित तयार गरिएको सोरुमले ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने कम्पनीको भनाइ छ।
लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राममा चारपांग्रे गाडी एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याइसकेको छ। हुन्डाईको सन्जाल विस्तार योजनाअन्तर्गत वीरगञ्ज सोेरुम सञ्चालन ल्याइएको कम्पनीले जनाएको छ।बढ्दो बिक्री केन्द्र, सर्भिस सेन्टर र ग्राहक सम्पर्क बिन्दुबाट कम्पनीले उत्कृष्ट यातायात विकल्प दिने उद्देश्य राखेको छ।
तपाईको प्रतिक्रिया