एमाले बिधान महाधिवेशनमा समूहगत छलफल सकियो
- Pokhara Express
- २०८२ भाद्र २२ आइतबार

पोखरा एक्सप्रेस ,गोदाबरी ।
नेकपा एमालेको बिधान महाधिवेशनमा अधिकांश प्रतिनिधिहरु पूर्वराष्ट्रपतिलाई पार्टी सदस्ता दिन नहुने बिषय बिधानमै किटानी गरेर जानुपर्ने पक्षमा उभिएका छन ।
महाधिवेशनो दोस्रो दिन शनिबार भएको समूहगत छलफलमा १० वटै समुहका अधिकांश प्रतिनिधिहरु राष्ट्रपति, उपराष्ट्रपति र संबैधानिक आयोगका प्रमुखहरुलाई पार्टी सदस्यता नदिने कुरा बिधानमै किटानी गर्नुपर्ने पक्षमा उभिएका हुन ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष बिष्णु पौडेलद्वारा प्रस्तुत बिधान मस्यौदा प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदनसँगै कर्ण थापाको फरक मतबारे १० वटा समुह बनाएर छलफल गरेको थियो । शनिवार भएको करिव ६ घण्टा लामो समुहगत छलफलमा पूर्वराष्ट्रपतिलाई सदस्यता दिनुपर्ने भन्ने बिषयमा अत्यन्तै झिनो आवाज उठेको छ ।
एमालेले कोशी प्रदेश, मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, जनसंगठन, उपत्यका बिशेष, प्रवास र सम्पर्क समन्वय सहभागी गैर भौगोलिक प्रदेश, केन्द्रीय निकाय र बिभाग तथा आयोजक र सल्लाहकार गरी १० वटा समुह बिभाजन गरेको थियो ।
समुह बिभाजनपछिको छलफलमा सिन्धुपाल्चोक र काठमाडौंका अध्यक्षबाहेक कुनै सवै जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष, पदाधिकारी पूर्वराष्ट्रपतिलाई सदस्यता दिनै नहुने पक्षमा उभिएका छन । यस्तै सुदुरपश्चिम प्रदेशमा १० प्रतिशत प्रतिनिधि सदस्यता दिँदा फरक नपर्ने भनाई राखे पनि ९० प्रतिशत प्रतिनिधिहरु बिपक्षमा उभिएका छन । यस्तै यसअघि पूर्वराष्ट्रपतिलाई सदस्यता दिनुपर्ने अडानमा रहेका नेताहरु समेत महहाधिवेशनमा महाधिवेशनमा प्रस्तुत अध्यक्ष र महासचिवको प्रतिवेदन र उपाध्यक्ष पौडेलको बिधान संशोधन प्रस्तावकै पक्षमा उभिएका छन ।
‘राष्ट्रपति, उपराष्ट्रपति, संबैधानिक निकायका प्रमुख भएका ब्यक्तिलाई कुनै पनि दलको सदस्यता दिनुहुँन्न । पार्टी बिधानमा पनि यो ब्यवस्था किटान गरेर संबिधान संशोधनको माध्यमबाट यस्तो ब्यवस्था गरिनुपर्छ,’ १० वटै समुहका अधिकांश प्रतिनिधिको भनाई थियो । फरक मत राख्नुभएका स्थायी कमिटी सदस्य कर्ण थापाको गृहप्रदेश सुदुरपश्चिममा समेत जम्मा ५ जनाले मात्र उहाँको प्रतिवेदनलाई समर्थन गरेका थिए भने अन्य सवैले संस्थापन लाइन ठीक भएको निश्कर्ष सुनाएका छन ।
‘महाधिवेशन प्रतिनिधिहरुले पार्टीको लाइन सही छ, फरक मतको औचित्य छैन । पूर्वराष्ट्रपतिको हकमा केन्द्रीय कमिटीले गरेको निर्णय सही छ भन्ने निश्कर्ष सुनाएका छन,’ १० वटै समुहको निश्कर्ष सुनाउँदै एमाले प्रचारबिभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो ।
यस्तै प्रतिनिधिहरुले जनसंगठन र प्रवासमा रहेका प्रवासी नेपाली मञ्च र भारत प्रवास कमिटीलाई बिधानमा स्पष्ट परिभाषित गरी अध्यक्षलाई केन्द्रीय कमिटीको पदेन सदस्य हुनुपर्ने सुझाव पनि दोस्रो प्राथमिकतामा उठाएका छन ।
गैरभौगोलिकतर्फ रहेका समुहमा त यो प्रस्तावको पक्षमा सर्वसम्मती जुटेको छ । सो समुहले आफ्नो टोली नेतासमेत प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका निवर्तमान अध्यक्ष तथा सल्लाहकार परिषद सभापति भक्त गुरुङलाई छानेको छ ।
तपाईको प्रतिक्रिया