पोखरा एक्सप्रेस , डडेल्धुरा ।
डडेल्धुरामा जिप दुर्घटना हुँदा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ।बिहीबार बिहान सवा ९ बजेतिर नवदुर्गा गाउँपालिका-५ चौडमा से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो।मृत्यु हुनेमा नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ कलावी साउद छन्।६ जना घाइते समेत भएका छन्। उनीहरूको उद्धार गरी जिल्ला अस्पताल डडेल्धुरामा पठाइएको छ।१८ वर्षीया सुशिला विक, ४ वर्षीय प्रतिमा पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक घाइते छन्।जिप सडकबाट २५० मिटर तल खसेको हो। दुर्घटनाको कारण खुलिसकेको छैन।
तपाईको प्रतिक्रिया