चण्डिका आमा समुहको अध्यक्षमा विना श्रेष्ठ
- Pokhara Express
- २०८२ भाद्र ४ बुधबार

पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको १३ औं साधारण सभा तथा ५ औं अधिवेशनले विना श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
समितिको उपाध्यक्षमा देउमाया श्रीस पुन, सचिवमा मिना सिग्देल, कोषाध्यक्षमा कमला पाण्डे, सहसचिवमा शान्ति भुजेल मगर
सदस्यहरुमा कृष्ण माया कार्की, निलम खवास श्रेष्ठ, सुनिता केसी, शान्ति गौतम, विष्णु सिग्देल, देवका थपलिया, रचना खवास, खिमा अधिकारी, चुनु माया गुरुङ र सिता खवास सर्वसम्मत चयन भएका छन् ।
त्यसै गरी सल्लाहकारमा सरस्वती कोइराला, सिता नेपाली, गंगा सुवेदी, विमला रानाभाट, पुष्प कुमारी आचार्य, हरिमाया गुरुङ,
शारदा सिग्देल, शोभा अधिकारी र खिमा गुरुङ चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, वडा सदस्यहरु गिता चर्माकार, नन्दराम गिरी र लक्ष्मी पहारी, चण्डीमाई सेवा समिति, दरबारथोकका अध्यक्ष तेजबहादुर भुजेल, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, समुहका पूर्व अध्यक्ष एवं कृषि संजाल, पोखरा ९ का अध्यक्ष विमला रानाभाट, नेवा मिसाः पुच नयाँवजार अध्यक्ष कोपिला श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।
सो अवसरमा ८० वर्ष पुरा गर्नुभएका बुबाआमाहरु तेजबहादुर भुजेल, हिरामाया भुजेल, वेदनाथ कोइराला, पुर्णकला सिग्देल, मोतीसरा शर्मा भट्टराई, निराकुमारी गुरुङलाई प्रमुख अतिथि मर्सानी र अध्यक्ष सीता नेपालीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । त्यसैगरी २०८१ सालको एसइइ परिक्षा उत्तिर्ण सम्राट अधिकारी, अस्मित थापा, सुरज थापा मगर, स्विकृत सिग्देल, निष्ठा खवास, सुकृत्य सिग्देललाई सम्मान गरिएको थियो । विद्यार्थी सम्मान कार्यक्रमको प्रायोजन दरबारथोक योग केन्द्रकी अध्यक्ष शोभा मिश्र अधिकारीले गरेकी थिइन ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन सचिव देउमाया श्रीसले र आर्थिक प्रतिवेदन संस्थाका सदस्य निलम खवासले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष सीता नेपालीकोे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विना श्रेष्ठले स्वागत मन्तव्य, कार्यसमिति सदस्य रचना खवासले स्वागत नृत्य र संचालन कोषाध्यक्ष शान्ति भुजेल मगरले गरेका थिए ।
तपाईको प्रतिक्रिया