ममता न्यौपानेको नेतृत्वमा महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को नयाँ कार्यसमिति चयन
- Pokhara Express
- २०८२ श्रावाण ३० बिहीबार

पोखरा एक्सप्रेस ,पोखरा ।
महिला पर्यटन व्यवसायीहरूको साझा संस्था, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को नेतृत्वमा ममता न्यौपाने सर्वसम्मत अध्यक्षमा चयन भएकी छन् । मञ्चको सातौँ साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष लक्ष्मी लामिछाने, महासचिव भावना रानाभाट, सचिव शारदा भुजेल र कोषाध्यक्षमा रिता रेग्मी पौडेल ‘मुना’ रहेका छन् । सह–कोषाध्यक्षको जिम्मेवारी मिठु लामिछानेले पाएकी छन् ।
त्यसैगरी, सदस्यहरूमा सुशीला भण्डारी, सरिता शर्मा, लक्ष्मी तिमिल्सिना, कान्ति अधिकारी, चन्द्रा पौडेल पहारी, सुनीता सुवेदी, चन्द्रा जिसी, मायादेवी लामिछाने, रेनु लामिछाने, शर्मिला थापा र मिरा पौडेल चयन भएको निर्वाचन समिति संयोजक पम्फा देवकोटा पहारीले जानकारी दिइन् ।
यसअघि आयोजित उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन प्रवर्द्धनमा ओटेफले खेलेको भूमिकाको प्रशंसा गर्दै पोखरा पर्यटन परिषद सदस्य बनाउन सुझाव समेत दिए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सांस्कृतिक संरक्षण र मौलिकताको जगेर्नामा महिला पर्यटन व्यवसायीहरूको योगदान अन्यको तुलनामा बढी महत्त्वपूर्ण रहेको बताइन् । पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पनि पर्यटन विकासमा ओटेफको भूमिका उल्लेखनीय रहेको धारणा राखे ।
समारोहमा पोखरा भ्रमण वर्ष २०२५ मूल तयारी समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी वासु त्रिपाठी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, निवर्तमान अध्यक्ष उमा रेग्मी भण्डारी र महासचिव लक्ष्मी लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार गोविन्द सुवेदीलाई सम्मान गरिएको थियो । साथै, ओटेफका विभिन्न गतिविधिमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई पनि सम्मानित गरिएको थियो ।
तपाईको प्रतिक्रिया